कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयबासीको सक्रियतामा नदी क्षेत्रमा खोजी कार्य तीव्र बनाइएको छ ।
सम्भावित स्थानहरूमा गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ ।
३१ चैत २०८२, मङ्गलबार ०६:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com