info@nawayug.com

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । तीन दिन लगातार घटेको सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ रहेको थियो । 

त्यस्तै चाँदी आज तोलामा १३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको चार हजार ८१० रुपैयाँ रहेको थियो ।  

प्रतिक्रिया