info@nawayug.com

राष्ट्रपतिले गरे फास्ट ट्र्याकको लामो सुरुङको ब्रेक थ्रु

मकवानपुर । तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लम्बाइको सुरुङको ‘ब्रेक–थ्रु’ गरेका हुन् ।

यसअघि ३.४८६ किलोमिटर लामो बायाँ टनेल गत भदौमा छिचोलिएको थियो । करिब ७१ किलोमिटर लामो द्रुतमार्गको काम २०८६ चैत मसान्तसम्म सक्नुपर्ने समयसीमा छ । 

प्रतिक्रिया