info@nawayug.com

जनप्रियले गर्‍यो विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १६ स्थित जनप्रिय माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय)ले २०८२ को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाफलमा उत्कृष्ट नतिजा प्राप्त गरेको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान गरेको हो । जनप्रियबाट परीक्षा दिएका मध्ये ७८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको विद्यालयले जनाएको छ । ९ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् भने कुल ९३ जना विद्यार्थी ग्रेडेड छन् ।

सबैभन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थी कौस्तुप सुवेदी  हुन् । हेटौंडा–१६ निवासी सुवेदीले ३.९२ जीपीए प्राप्त गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद वस्ताकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा अधिकृत रमेश विडारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईँको स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा बोल्दै कक्षा ११ मा विज्ञान अध्ययनरत छात्रा रोजीना धमलाले विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ट रहेको र गुणस्तरीय शिक्षाको लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । 

हेटौंडा बजारबाट शिक्षकवर्ग जनप्रियमा अध्यापन गराउन आउने गरेको, तर स्थानीय विद्यार्थीहरु भने गुणस्तरीय शिक्षाको खोजीमा हेटौंडा जाने गरेकोमा जनप्रियको शैक्षिक गुणस्तर जिल्लामै उत्कृष्ट रहेको दाबी गरिन् ।  


प्रतिक्रिया