मकवानपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत् मकवानपुरगढी गाउँपालिका वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधिमा प्रत्यक्षतर्फ १७ र समानुपातिक तर्फ ६ जना निर्वाचित भएका छन् । हालै सम्पन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा प्रत्यक्षमा २९ वर्षीय युवा विनोद देवकोटादेखि ८३ वर्षीय अधिवक्ता कृष्ण प्रसाद न्यौपानेसम्म निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत अपेक्षा बस्नेतका अनुसार प्रत्यक्षमा भिम कुमारी न्यौापाने (महिला), सर्मिला तिमल्सिना (महिना), सरिता न्यौपाने (महिला), कृष्ण प्रसाद न्यौपाने ( पेशागत विषय विज्ञ, अधिवक्ता), अनिता घलान (युवा महिला), विनोद देवकोटा (युवा), शिव प्रसार न्यौपाने (अपाङ्ग), चन्द्र कुमारी सुनुवार (दलित), खुल्लामा उद्वव घिमिरे, कृष्ण प्रसाद कोइराला, घनश्याम घिमिरे, बैकुन्ठ प्र ढकाल, मोहननाथ ढकाल, सागर तिमिल्सना, हिरा ब पराजुली र निल प्रसाद न्यौपाने (श्रमिक) निर्वाचित भएका हुन् ।
त्यस्तै समानुपातिक तर्फ दोर्जे लामा स्याङतान, अष्टमान थोकर, विष्णु प्र न्यौपाने, बोजराज बजगाईँ, विश्वराज न्यौपाने र माधव प्र छत्कुली चुनिएका छन् ।
वडा अधिवेशनले विजय लामा थोकरको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com