काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता घोषणा भएको छ। काठमाडौंस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममार्फत दुई पार्टीले एकताको घोषणा गरेका हुन्।
एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
दुई पार्टीबीच भएको सहमतिमा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने उल्लेख छ।
त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा आपसी सहमतिका आधारमा समायोजन गर्ने विषय पनि सहमतिपत्रमा समेटिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com