info@nawayug.com

प्रधानमन्त्रीको दौडमा बालेन्द्र, तर शैली भने उस्तै सादा

काठमाडौं । प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आफैं गाडी हाँकेर सिंहदबारस्थित संसद् भवनबाट बाहिरिएका छन् ।

दिउँसो २ बजेपछि मात्रै सिंहदरबारस्थित संसद् हलमा पुगेका उनी शपथ लिने काम सकिनेबित्तिकै गाडी चढेर बाहिरिएका हुन् ।

उनलाई बिहीबार नै बस्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्रीका लागि नेतामा चुन्न विधान संशोधन गर्दैछ ।

त्यसपछि उनी शुक्रबार दिउँसो नेपालको प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना छ । बिहीबार यस संसद्का जेष्ठ सदस्य ७७ वर्षीय नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ दिलाए ।

प्रतिक्रिया