info@nawayug.com

कञ्चनपुरमा १६ लाख ८७ हजारको अवैध पटाका बरामद

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको छ ।

प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार बेदकोट नगरपालिका–७ गाउजीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पटाका बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बरामद पटाकाबारे थप अनुसन्धान भइरहेको छ ।

चाडपर्व नजिकिँदै गएसँगै प्रहरीले अवैध पटाका तथा अन्य विस्फोटकजन्य सामग्रीको ओसारपसार रोक्न सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ ।

भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका स्थानमा प्रहरीले नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ ।

प्रतिक्रिया