info@nawayug.com

काठमाडौं भित्रिने पालुङ खण्ड र बाहिरिने फर्पिङ–फाखेल सडक खुला

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा भित्रिने एकमात्र नाका त्रिभुवन राजपथको हेटौंडा-पालुङ-नौबिसे खण्ड चालु छ ।

बाहिरिनका लागि हालसम्म फर्पिङ-फाखेल-भीमफेदी सडक सुचारु रहेको उपत्यका ट्राफिकले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंबाट बाहिरिनका लागि हालसम्म प्रयोगमा रहेको फाखेल खण्डमा क्रमशः जोखिम बढिरहेका कारण यात्रामा निश्चिन्त नहुन अनुरोध गरेका छन् ।

भित्रिने सडकका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथबाट बाटोमा फसेका यात्रु तथा सवारी साधन, अत्यावश्यक सामाग्रीको आयात सुचारु राख्नुपर्ने अवस्था छ । त्यसैले उक्त सडकलाई एकतर्फी (आउने) बनाइएको हो ।

यी दुई बाहेक काठमाडौं भित्रिने र बाहिरिने सबै सडक बन्द छन् । अति जरुरीबाहेक लामो दूरीको यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया