info@nawayug.com

कारोबार ४ अर्ब ९७ करोड, नेप्सेमा १३.८५ अङ्कको गिरावट

काठमाडौँ । सेयर बजारमा आज पनि गिरावट देखिएको छ। बिहीबार नेप्से परिसूचक १३.८५ अङ्कले घटेर २५३१.५५ विन्दुमा सीमित भएको हो ।

कारोबार अवधिभर कुल ४ अर्ब ९७ करोड बराबरको कारोबार भएको छ भने १० लाख ५८ हजार कित्ता सेयर किनबेच भएका छन् । आज कुल ३४१ वटा स्क्रिप्समा कारोबार भएको छ।

आजको बजारमा बिक्रीकर्ता हाबी देखिएका छन् । तथ्याङ्कअनुसार १९९ वटा कम्पनीको मूल्य घट्दा ६८ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

समूहगत रूपमा आज पनि सबै समूहका सूचकमा गिरावट देखिएको छ । उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै १.१४ प्रतिशतको आएको छ । अरू सबै सूचक एक प्रतिशत भन्दा कमले घटेका छन् ।

आजको बजारमा लिबर्टी इनर्जीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। उक्त कम्पनीको मूल्य १५ प्रतिशतले बढेर २५५ रुपैयाँभन्दा माथि पुगेको छ। सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले घटेको छ ।

त्यस्तै, सर्वाधिक कारोबार रकम हुने कम्पनीमा पनि सोही कम्पनी नै अगाडि छ, जसको ४५ करोड ४८ लाख ८० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।


प्रतिक्रिया