मकवानपुर । मनहरी गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वलाई लिएर नयाँ पुस्ता र संगठनात्मक एकताबारे बहस तीव्र बनेको छ। युवा इन्जिनियर राजेश अधिकारीको उम्मेदवारीलाई पुस्तान्तरण, क्षमता र संगठनभित्रको समन्वयसँग जोडेर मनहरी–८ मा भएको पछिल्लो क्षेत्रीय प्रतिनिधिको निर्वाचनपछि कांग्रेसभित्र दुई पक्षबीच दूरी बढेको चर्चा भइरहेका बेला, सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने युवा नेतृत्वको आवश्यकता रहेको आवाज उठ्न थालेको छ। यही सन्दर्भमा अधिकारीलाई एकता, सम्मान र पुस्तान्तरणको सन्देशसहित सभापतिको उम्मेदवारका रूपमा अघि सारिनुपर्ने धारणा समर्थकहरूले राखेका छन्।
“कसैको राजनीति नमारौँ, सबैको सम्मान गरौँ—मनहरी कांग्रेसमा नयाँ ऊर्जा र एकता कायम गरौँ” भन्ने सन्देशसहित अधिकारीको उम्मेदवारीलाई नयाँ पुस्ताको नेतृत्वसँग जोडिएको छ।
विगतका मतभेदलाई बिर्सँदै, सबैलाई सम्मान र क्षमता अनुसारको जिम्मेवारी प्रदान गरिने र नेपाली कांग्रेसलाई अझ एकताबद्ध र बलियो बनाउने उद्देश्यले मैले उम्मेद्वारी दिएको हुं" अधिकारीले क्षेत्रीय प्रतिनिधिहरुलाइ अपिल गर्दै भनेका भनेका छन "तपाईंहरूको अमूल्य मत र साथको हार्दिक अपिल गर्दछु।तपाईंको एक मतले सुदृढ र गौरबशाली कांग्रेस निर्माणको लागी बलियो खम्बाको काम गर्नेछ"
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com