info@nawayug.com

गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपहरूको सन्दर्भमासामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति आपत्ति जनाएकी छन् । ओलीले गृहमन्त्रीले गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएकी छन् ।

सांसद ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफूमाथि लागेका गम्भीर आरोपहरूको जवाफ फेसबुकमार्फत दिनु विधिसम्मत प्रक्रियालाई हल्का बनाउनु र संस्थागत विश्वसनीयतामा आघात पुर्‍याउनु भएको बताएकी छन् ।


'यदि सामाजिक सञ्जालमा लेखेकै भरमा निर्दोष भइने अभ्यासलाई स्वीकार गर्ने हो भने भोलि सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी अभियोग लागेका प्रत्येक व्यक्तिले पनि सामाजिक सञ्जालमै लेखेर आफू निर्दोष भएको दाबी गरे भइहाल्यो,' ओलीले प्रश्न गरेकी छन्। उनले यसलाई व्यक्तिगत अभिव्यक्तिको विषय मात्र नभई संस्थागत मर्यादाको प्रश्न भएको उल्लेख गरेकी छन् ।

आफ्नो मुद्दामा कोही पनि आफैँ न्यायाधीश हुन नसक्ने कानुनी सिद्धान्तको स्मरण गराउँदै सांसद ओलीले पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न गृहमन्त्रीले तत्काल पदबाट अलग भई स्वतन्त्र छानबिनको सामना गर्नुपर्ने माग गरेकी छन्। उनले गृहमन्त्रीले निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारी सम्हाल्नु उचित हुने धारणा राखेकी छन् ।

गृहमन्त्रीले 'पार्टीको निर्णय पूर्ण रूपमा पालना गर्नेु भनी दिएको अभिव्यक्तिलाई लक्षित गर्दै सांसद ओलीले भनेकी छन्, 'गृहमन्त्री पार्टीको निर्णयले होइन, देशको आधिकारिक राज्य संयन्त्रको निर्णयबाट चल्नुपर्छ। आधिकारिक राज्य संयन्त्र आफैँ हाँक्ने र अनुसन्धानमा सहयोग गर्छु भन्नु विरोधाभासपूर्ण छ।'

प्रतिक्रिया