मकवानपुर । सिन्धु विकास बैँक हेटौंडा शाखाले मकवानपुरको एक विद्यालयमा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं ५ माथिल्लो बुङदल स्थित सरस्वती आधारभूत विद्यालयमा बैँकले वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयमा अध्ययनरत ६९ जना विद्यार्थीहरुलाई वित्तीय साक्षरताको महत्व, वचतको अभ्यास, बैँकिङ सेवाहरुको सही प्रयोग तथा भविष्यमा आर्थिक योजना बनाउने विषयमा जानकारी दिइएको सिन्धु विकास बैँक हेटौंंडा शाखाका कर्जा अधिकृत सागर लम्सालले जानकारी दिनुभयो ।
साथै सामाजिक उत्तरदायित्व अन्तर्गत् विद्यालयको दैनिक पठनपाठनमा सहज होस् भनी कक्षाकोठाका लागि ६ थान सिलिङ पंखा हस्तान्तरण गरिएको लम्सालले बताउनुभयो ।
बैँककी शाखा प्रमुख सुमित्रा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर रुम्बाको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक चर्तुभूज पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
विद्यार्थीसँगै कर्मचारी, शिक्षक शिक्षिका तथा व्यवस्थापन समितिलाई समेत वित्तीय साक्षरता प्रदान गरेकामा अध्यक्ष रुम्बाले बैँकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com