info@nawayug.com

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घर तथा कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागको एक टोलीले सोमबार बानियाँको काठमाडौँ र हेटौंडास्थित विभिन्न ठेगानाहरूमा एकसाथ छापा मारेको हो।

विभागले मुख्यमन्त्री बानियाँको काठमाडौँस्थित नक्साल र सुन्धारामा रहेका कार्यालयहरूमा खानतलासी गरेको छ। त्यसैगरी, हेटौंडास्थित उनको निजी निवास र कार्यालयमा पनि विभागले छापा मारी आवश्यक कागजातहरू नियन्त्रणमा लिएको बुझिएको छ।

बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता समेत हुन्। उनी हाल बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा छन्।

प्रतिक्रिया