मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई मोबाइल टावर दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर पनि सञ्चालनको अन्तिम चरणमा पुगेको जानकारी सांसद प्रशान्त उप्रेतीले दिएका छन्।
सांसद उप्रेतीका अनुसार मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्रसरोवर गाउँपालिकाको एक तथा कैलाश गाउँपालिकाको डाँडाखर्क, नामटार र भार्तासहित थाहा नगरपालिकाको चनवनमा समेत नयाँ टावर निर्माण भइरहेको छ। आवश्यकता अनुसार अन्य स्थानमा रहेका पुराना टावरको स्तरोन्नति प्रक्रिया पनि अगाडि बढाइएको छ।
यसअघि गत भदौ ३० गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद उप्रेतीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा कमजोर मोबाइल नेटवर्कका कारण नागरिकले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले चासो देखाउँदै काम तीव्र पारेको हो।
सांसद उप्रेतीले भने, ‘मकवानपुरका दुर्गम बस्तीका नागरिकले अझै पनि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ। अब परिणाम नागरिकले अनुभूति गर्नेगरी काम सम्पन्न हुनु आवश्यक छ।’
निर्माणाधीन टावरहरू निर्धारित समयमै सञ्चालनमा ल्याई सर्वसाधारणलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com