काठमाण्डौ । नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा सडक भासिएको छ । नागढुङ्गा नजिकै पातले वनमा सडक भासिएको सडक विभाग धादिङले जनाएको छ ।
काठमाण्डौबाट मुग्लिनतर्फ बाहिरिने गाडीमध्ये इन्धन पेट्रोलियम पदार्थ बोकेका र दुईपाङ्ग्रेबाहेक सबैलाई नागढङ्गा सुरुङमार्ग खुला गरिएको छ ।
पेट्रोलियम पदार्थ बोकेका र दुईपाङ्ग्रेलाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवतजावतको व्यवस्था मिलाएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार सडक भासिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुनेछ ।
मलेखुबजार नजिकै पनि परेवाभीरमा सडक भासिएपछि जोखिमयुक्त भएको छ । गजुरी गाउँपालिका–३ परेवाभीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । परेवाभीरमा १०० मिटरको नयाँ ट्र्याक खोलिएको हो ।
धादिङको कृष्णभीर सडक पनि त्रिशूलीको बाढीले यसअघि नै कटान गरेको छ । गाडी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरुद्ध छ ।
त्यस्तै जवाङ खोला नजिकै पनि सडक चर्किएको छ । त्रिशूलीको बाढीले सडकको टेवा पर्खालमा क्षति गरेको छ ।
भदौ १० गतेको बाढीले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरोध हुँदा विशेषगरी हेटौँडा हुँदै चल्ने वैकल्पिक सडकमा गाडीको चाप छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com