काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तहगत समितिअन्तर्गत ४ हजार ३६३ वटा वडामा अधिवेशन सकिएको छ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ६ सय ९ वटा पालिका तहको समितिको अधिवेशन सम्पन्न भएको छ।
त्यस्तै ६४ वटा जिल्लामा अधिवेशन भएको बुर्लाकोटीले बताए।
बुर्लाकोटीका अनुसार कर्णाली प्रदेशमा डोल्पा र हुम्लामा अधिवेशन भएको छैन।
लुम्बिनी प्रदेशअन्तर्गत रूकुमपूर्वमा अधिवेशन हुन बाँकी छ।
गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, मधेस प्रदेशअन्तर्गत धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन भएको छैन।
सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशनको प्रक्रिया सुरू भए पनि अधिवेशन रोकिएको बुर्लाकोटीले बताए।
मधेस प्रदेशको अधिवेशन स्थगन रहेको बुर्लाकोटीले बताए।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।
२ असार २०८३, मङ्गलबार १२:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com