काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्च अदालत ले कारण देखाऊ आदेश जारी गरेपछि विपक्षी पक्षबाट लिखित जवाफ पेस भएको थियो र आइतबार (चैत २२) का लागि पेसी तोकिएको थियो। तर सुनुवाइ नसकिएकाले मुद्दा भोलि पुनः सुनुवाइ हुने गरी सारिएको हो।
जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो।
भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि पक्राउ परेका नेता लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए।
उक्त आन्दोलनमा भएको दमनको जिम्मेवारी उनीहरूलाई तोक्दै आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com