काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
डा. गोंगलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ ।
डा. गोंगलले आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए ।
उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का संस्थापक निर्देशकसमेत थिए ।
करिब चार दशकसम्म वीर अस्पतालमामा सेवा दिएका डा. गोंगलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए ।
१८८९ चैतमा काठमाडौंमा जन्मिएका उनले त्रिचन्द्र कलेजबाट बीएस्सी पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजमा एमबीबीएस गरेका उनले बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरे ।
सन् १९६१ मा नेपाल फर्किएपछि गंगोलले वीर अस्पतालमा काम सुरु गरेका थिए । उनले सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थाले । त्यतिबेला प्रर्याप्त उपकरण नहुँदा उनले जोखिम नै मोलेर नयाँ विधिहरूको सुरुवात गरेका थिए ।
नेपाल चिकित्सक संघले श्रद्धाञ्जली दिँदै डा. गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com