रसुवा । रसुवा बाढीमा निधन भई शव फेला पर्नेको संख्या अहिलेसम्म ४८९ पुगेको छ ।
शवहरुलाई व्यवस्थित रुपमा राख्नका लागि नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई १४४० झोला दिइसकेको छ । तर, ‘नपुगेको’ भन्दै भारत सरकारबाट सहयोगस्वरुप ल्याउने तयारी भइरहेको छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले बिहीबार नै रेडक्रसबाट शव प्याक गर्ने झोला प्राप्त भएको पुष्टि गरेका थिए । उनले त्यस्ता झोलाहरुको आवश्यकता बढेका कारण भारत सरकारबाट लिन लागिएको बताए ।
नेपाल प्रेससँग कुरा गर्दै रेडक्रस अध्यक्ष डा. विशाल भण्डारीले शुक्रबार झापाबाट थप ४०० झोला आउँदै गरेको बताए ।
ती झोला नवलपरासी, धादिङ र चितवनमा राखिएका शव प्याक गर्न दिइने उनले बताए । रेडक्रसले आफ्नो मुख्यालयबाट थप झोला मगाएको पनि भण्डारीले बताए ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले शव फेला पर्ने क्रम बढेका कारण झोलाहरुको मौज्दात बढाउनुपर्ने अवस्था आएको बताए ।
‘शव कति फेला पर्छ भन्ने कुरा अहिल्यै भन्न सकिँदैन, तर फेला पर्ने क्रमको रफ्तार बढेका कारण धेरै भन्दा धेरै संख्यामा व्यवस्थापनको तयारी गर्नुपरेको छ’, उनले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com