चितवन । तराई-काठमाडौँ लाइफलाइनका रुपमा रहेको पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भास्सिएर सडक सञ्जाल टुटेको ६ दिन भएको छ ।
छैठौँ दिनमा सडक डिभिजन कार्यालय अन्तर्गत नागढुंगा मुग्लिन सडक योजनाको पश्चिम खण्डका ४० जना कर्मचारी, ९ वटा मेसिनले काम गर्दा १२ मिटर भित्ता काटेर स्लोप निकाल्न सकिएको छ ।
कार्यालयका आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार बिहान उज्यालो भएदेखि बेलुका साँझ हुँदासम्म काम गर्दा १२ मिटर भित्ता काटेर, ट्र्याक सिलिङ गर्ने, लेभल मिलाउने र काटेको भित्तालाई अड्याउन सिट पायल गर्ने काम भइरहेको छ ।
१ सय ३० मिटर भास्सिएको सडकको नयाँ ट्र्याक खोलेर लम्बाइ नै ३ सय मिटर बनाएर माथिबाट पहिरो नखसेको अवस्थामा दुबैतर्फ सडक सञ्चालन गर्नको लागि ४० श्रमिक र ९ वटा मेसिनले अझै ९ दिनसम्म काम गर्नुपर्ने इन्जिनियर देवकोटा बताउँछन् ।
उनले नेपाल प्रेससँग भने, ‘माथिबाट पहिरो नआएको खण्डमा हामीले दुईतर्फी नै सडक सञ्चालन गर्न अझै ९ दिन लाग्छ ।’ उनका अनुसार अझै ८ मिटर तलसम्म भित्ता काट्नुपर्ने छ । पुरानो सडकभन्दा ३ मिटर माथि हुनेगरी भास्सिएको लम्बाइ भन्दा १ सय ७० मिटर लामो सडक निर्माण गर्नुपर्ने काम अझै बाँकी छ ।
उनले सडकका कर्मचारीले उज्यालो देख्दासम्म काम गरेपनि पुरै नयाँ सडक निर्माण गरेझैँ भित्ता काटेर धाँजा फाटेका ठाउँ सिल गर्दै काम गर्नुपर्दा समय लागेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com