info@nawayug.com

चितवनमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी, संलग्न व्यक्ति फरार

चितवन। चितवनको भरतपुर महानगरपालिका स्थित एक रिसोर्टमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न आरोपीमा पीडित परिवारले भरतपुर महानगरपालिका वडा नम्बर–७ घर भएका २८ वर्षीय सन्देश भट्ट विरुद्ध जाहेरी दिएका छन्।

भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ । साउन ३१ मा भएको सो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ। पीडितको तर्फबाट प्राप्त जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भुषण यादले रातोपाटीलाई बताए। उनले भने, ‘जाहेरी प्राप्त भएको छ, हामी अनुसन्धान गर्दै छौँ।’

भट्टले रिसोर्टमा लगेर एक्कासी चुकुल लगाई ती बालिकालाई बलात्कार गरेको आरोप छ। आरोपीलाई प्रतिकार गरेर बालिका चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख छ । आरोपीले योजनाबद्ध रूपमा पहिले नै रिसोर्टमा कोठा बुक गरेको र फकाएर बालिकालाई लगेर बलात्कार गरेको बताइएको छ।

बलात्कारमा संलग्न आरोपी भट्ट फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रतिक्रिया