info@nawayug.com

रसुवामा १६ प्रहरी अझै सम्पर्कविहीन, पाँच जनासँग भयो सम्पर्क

रसुवा । भोटेकोशी बाढीका कारण रसुवा जिल्लामा अकल्पनीय क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।

प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कमा छैनन् । टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएको उनले बताए ।

स्याफ्रुबेँसीमा ९ सहित रसुवागढी र मैलुङका प्रहरी पनि सम्पर्कमा नआएको उनले बताए ।

बाढीले प्रहरी कार्यालयमात्रै बगायो कि कर्मचारी पनि प्रभावित छन् भन्ने यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए ।

प्रतिक्रिया