info@nawayug.com

बाढीमा बेपत्ता रसुवा भन्सारका १५ कर्मचारी, यस्तो छ विवरण

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।

त्यहाँ कार्यरत् ४० जनामध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको र बाँकी सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए ।

विभागका अनुसार बेपत्ता हुनेहरूको नामावली यसप्रकार छ-

१. नहकुल शर्मा

२. राजेन्द्रकुमार सोनकर

३. विकास तामाङ

४. विष्णुप्रसाद भुसाल

५. भीमबहादुर लामा

६. दिनेश घिमिरे

७. अनिता पुरी

८. प्रेमप्रसाद सेढाई

९. गोविन्द अधिकारी

१०. सुनिल गुरुङ

११. नरेशदत्त जोशी

१२. राजु ओली

१३. राम नेपाली

१४. विमल त्रिपाठी

१५. हरिबहादुर खड्का

बर्तौलाका अनुसार सम्पर्कमा आएका २५ कर्मचारीमध्ये २ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ जना काठमाडौं आइपुगेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

सम्पर्कविहीन कर्मचारीहरूका परिवारजनको उद्धार, सूचना आदान-प्रदान र सहायताका लागि विभागले सम्पर्क अधिकृतहरू तोकेको छ । भन्सार कर्मचारी तथा परिवारजनका लागि कुमार घिमिरे (शाखा अधिकृत) ९८४१३६५९४८, भरतमणि सापकोटा (शाखा अधिकृत) ९८४९६४५०३० र शिवराज बोहरा (शाखा अधिकृत) ९८४९९३२२०२ सम्पर्क गर्न विभागका निर्देशक बर्तौलाले आग्रह गरे ।

प्रतिक्रिया