काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले आफूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम आफूलाई बैठकबाट बाहिर निकाल्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै राईले आफ्नो आसनबाट उठेर प्लेकार्ड देखाएर विरोध गरेका थिए । त्यसपछि उनलाई बोल्न सभामुख डोलप्रसाद अर्यालले समय दिए ।
त्यसपछि बोल्दै उनले कि नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यो गर्न नसक्ने भए आफूलाई नियमावलीको नियम ३१ को उपनियम (१) बमोजिम निष्कासन गर्न माग गरेका हुन् ।
१३ जेठ २०८३, बुधबार १२:५२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com