info@nawayug.com

सांसद राईकोले सांसदमा बोल्न नदिएको भन्दै जनाए आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रश्न सोध्न नदिएको भन्दै आपत्ति जनाएका छन्।

साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई उद्योगका रूपमा किन पहिचान नगरिएको तथा उक्त क्षेत्रका लागि बजेटमा कति विनियोजन गरिएको छ भन्ने प्रश्न सोध्न खोज्दा सभामुखको निर्देशनमा आफूलाई बोल्न नदिएको आरोप लगाएका छन्।

उनले मन्त्रीले प्रश्नको जवाफ नदिएको र सभामुखले मन्त्रीको बचाउ गर्दै आफूलाई चुप लाग्न आदेश दिएको दाबी गरेका छन्। राईले यस्तो कार्यले लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता नदिँदा कलाकार र खेलाडी विदेशिन बाध्य भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया