मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी १७–१८ वर्षीय प्रतीक मानन्धरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मानन्धरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गौरीटारबाट चौघडा चोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण नियन्त्रण गुमाएर सडकको रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी १७ वर्षीय अंकुर लामा घाइते भएका छन्। मध्यम घाइते भएका लामाको दुवै हात र बायाँ खुट्टामा चोट लागेको र उनको उपचार भइरहेको छ।
२० असार २०८३, शनिवार ०३:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com