info@nawayug.com

कक्षा १ देखि १२ सम्म यौनशिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले कक्षा १ देखि १२ सम्म यौनशिक्षा अनिवार्य गर्न माग गरेकी छन् । आज संसद बैठकमा बोल्दै उनले गरिमा चौधरीको र बलात्कारको घटनामाथि बोल्दै सो माग राखेकी हुन् ।

दर्शनाले आफू एक सांसदसँगै आमाको हैसियतले बोलिरहेको बताएकी थिइन् । गरिमाको परिवारलाई न्याय दिन सरकारले गरेको पहलप्रति उनले आभार व्यक्त गरिन् । साथ, दुईवटा विषयमा सदनको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘विषय नम्बर एक, पाठ्यक्रमहरुमा, विद्यालयमा कम्प्रेहेन्सिभ सेक्सुआलिटी एजुकेसन कक्षा १ देखि १२ सम्म अनिवार्य गरियोस् । हामी सधैभरि सेक्स एजुकेसन भन्ने बित्तिकै मुख फर्काउँछौँ, त्यो हटाइयोस् ।’

दोस्रो माग राख्दै भनिन्, ‘हाम्रो फरेन्सिक क्यापासिटी कति छ, त्यसलाई वृद्धि गरियोस् । घटनास्थलमा जो प्रहरीहरु पुग्नुहुन्छ, उहाँहरुको क्यापासिटी बिल्डिङमा नेपाल सरकारले काम गरोस् ।’

महिलालाई, छोरीलाई जबसम्म ‘सेक्स अबजेक्ट’ को रुपमा एडभरटाइजमेन्टमा, स्टोरीमा, फिल्ममा दर्शाइन्छ तबसम्म कोही पनि सुरक्षित नरहेको उनको टिप्पणी छ ।

प्रतिक्रिया