info@nawayug.com

१ हजार २०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँका कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ घटेर तोलाको ४ हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया