info@nawayug.com

भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि रास्वपा बागमतीमा ४ उम्मेदवार कायम

मकवानपुर । रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवार कायम रहेको छ । २ जना सांसद सहित ५ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको उम्मेदवारी कायम रहेको हो ।

मङ्गलवार राति निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । जस अनुसार काभ्रेबाट निर्वाचित सांसद वदन भण्डारीले उम्मेदवारी फिर्ता गरेका छन् । सार्वजनिक गरिएको सभापतिका उम्मेदवारहरूको अन्तिम नामावलीमा रामेछापका हरि बहादुर खत्री, नुवाकोटका डा अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल रहेका छन् ।

आज बिहान पनि निर्वाचन कार्यतालिका अनुसार मतदान हुन नसकेपछि बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

त्यस्तै रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि ८८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले खुला सदस्य, समावेशी (दलित, महिला, अल्पसंख्यक) र विभिन्न निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारहरूको वर्गीकरण गरेको छ।

सदस्य पदका लागि काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलान्चोक,सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली र रामेछाप जिल्लाका प्रतिनिधिहरू चुनावी मैदानमा उत्रिएका छन्।

अन्तिम नामावली प्रकाशन भएसँगै मतदानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया