info@nawayug.com

हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्ने छोटो मार्ग कान्तिराजपथमा आवागमन बन्द

मकवानपुर । हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्ने छोटो मार्ग कान्तिराजपथमा दुई ठाउँमा पहिरो खसेपछि आवागमन बन्द भएको छ ।

मकवानपुरको बकैया–१२ ठिंगनस्थित कान्तिलोकपथ सडक खण्डमा पहिरो खसेर आवागमनमा अवरोध भएको हो। राति १२ बजेदेखि परेको पानीले पहिरो खसेको छ ।

पहिरो खसिरहेकाले बाटो खुलाउने सम्भव नभएकाले सडक डिभिजन कार्यालयसगँ समन्वय गरेर काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन शुरु भएको जनाएको छ ।

यस्तै, आज बिहान भीमफेदी–८ भर्याङ डाँडामा पनि पहिरो खसेर बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

वर्षा भइरहेकाले कान्तिराजपथ हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ ।

प्रतिक्रिया