काठमाण्डौं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज इटालीसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ५ बजेदेखि रुवान्डामा शुरु हुनेछ ।
यसअघि नेपालले खेलेका ७ खेलमा ४ जित र ३ हार बेहोरेको छ । नेपाल अमेरिकासँग दुवै खेलमा र भानुआटुसँगको पहिलो खेलमा पराजित भएको थियो भने घरेलु टोली रुवाण्डालाई दुवै खेलमा, इटालीलाई पहिलो खेलमा र हिजो भएको खेलमा भानुआटुलाई हराएको थियो ।
प्रतियोगितामा अमेरिका, नेपाल, इटाली, भानुआटु र आयोजक रुवान्डा छन् । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । महिला टी–२० च्यालेन्ज ट्रफीको शीर्षस्थानमा रहेको अमेरिकाले उपाधि जितेको छ । उपाधि जितिसकेको अमेरिकाले पनि आफ्नो अन्तिम खेल आज रुवाण्डासँग खेल्दैछ ।
१८ बैशाख २०८३, शुक्रबार ०९:३२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com