info@nawayug.com

मेसीको नयाँ भूमिका : फुटबल क्लबको मालिक बन्दै

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले सीडी एल्डेन्से क्लबको मालिक बन्न सबै आधिकारिक कागजातमा हस्ताक्षर गरेका छन् ।

उनले स्पेनिस दोस्रो डिभिजनको क्लब ‘सीडी एल्डेन्से’को शतप्रतिशत स्वामित्व खरिद गर्ने सबै औपचारिक प्रक्रिया पूरा गरेका हुन् ।

स्पेनिस पत्रिका मार्काले आज यसको पुष्टि गरेको छ ।

गत साता क्लब खरिद गर्नेबारे भएको मौखिक सहमतिपछि यो कदम चालिएको हो, र मेसी भविष्यका लागि आफ्नै क्लबहरूको समूह (नेटवर्क) निर्माण गर्ने कार्यमा जुटिसकेका छन् ।

यो प्रक्रिया अब स्पेनको राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिको पर्खाइमा रहेको र त्यसपछि मेसीसँगको सम्झौता औपचारिक रूपमा सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया