info@nawayug.com

मोटरसाइकलमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिवाना

काठमाण्डौं । मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

पूर्वमन्त्रीसमेत रहेका गुप्तालाई ट्राफिक प्रहरी कार्यालय सिरहाले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै ५०० रुपैयाँ जरिवाना तिराएको हो । जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उहाँलाई जरिवाना रसिद हस्तान्तरण गरेको छ ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमायाचनासहित कानूनी कारबाही स्वीकार गर्ने बताउनुभएको थियो ।

सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ ।

यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५०० रुपैयाँ जरिवाना तिराएको थियो ।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लङ्घनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।

प्रतिक्रिया