काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।
महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सि जेठ १ गते बिहान १० बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो । आवेदन आउँदो जेठ १० गते राति १२ बजेसम्म दिन सकिन्छ । महानगरपालिकाको वेवसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने छ ।
छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित भएर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ ।
०७९ सालदेखि महानगरले संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो ।
३० बैशाख २०८३, बुधबार ११:५० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com