info@nawayug.com

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्षीय किसुनदेव साहको मृत्यु भएको हो । साहलाई साइकलमा हिँडिरहेका बेला मियाँखोरबाट सोकनाहातर्फ गइरहेको बीआर ३० इ ६९०२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका –१५, सोकनाहाका १४ वर्षीय बिक्कीकुमार राउतको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया