info@nawayug.com

ओली र लेखक ५ दिन हिरासतमा, अदालतको अनुमति

काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालत का न्यायाधीश आनन्द श्रेष्ठ ले दुवै जनाविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई हिरासतमा राख्ने अनुमति दिएका हुन् ।

प्रहरीले चैत १४ गते पक्राउ गरेका उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराएको थियो । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूमाथि गोली प्रहार गर्न आदेश दिएको आरोप उनीहरूमाथि लागेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उक्त घटनामा संलग्न रहेको ठहर गर्दै ओली, लेखकसहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरीले ‘ज्यान सम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान अघि बढाएको छ ।

आयोगको प्रतिवेदन मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यान्वयनका लागि प्रहरीमा पठाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं का एसएसपी रमेश थापा ले प्रतिवेदन कार्यान्वयनका लागि आएको जानकारी दिएका छन् ।

यद्यपि, केन्द्रीय सुरक्षा समितिमा रहेका सुरक्षा निकायका प्रमुखहरूको हकमा भने सरकारले छुट्टै समिति गठन गरेर थप अध्ययन गर्ने निर्णय गरेको छ ।

जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो । प्रहरीले अहिले सोही घटनासँग सम्बन्धित विषयमा विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया