काठमाडौं । भोटेकोशी बाढीपछिको विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठनबारे आज छलफल भएपनि कुनै निष्कर्षमा नपुगी टुङ्गिएको छ।
सिंहदरबारमा भएको छलफलमा संसद्मा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक सहभागी थिए।
आजको बैठकमा संसदीय समिति लामो समयको लागि नबनाउन प्रस्ताव गरेको कांग्रेसका सचेतक निश्कल राईले बताए।
उनले भने, ‘यो धेरै लामो समयको लागि नबनाऔँ, विशेष परिस्थितिको लागि निर्माण हुने हो। तीन महिनाको लागि मात्रै बनाऔँ, आवश्यक परे केही समय थप गर्न सकिन्छ।’
राजनीति संख्याको आधारमा नहेरी समिति बनाउनुपर्ने उनले बताए।
उनले थपे, ‘राष्ट्रिय सभालाई पनि सम्मिलित गरेर सबैको अपनत्व हुने खालको सानो समिति बनाउनुपर्ने हामीले प्रस्ताव गरेका थियौँ। उहाँहरूले सङ्ख्यात्मक आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा गर्नुभयो। त्यसले निष्कर्षमा जान सकिएन।’
सभापति, समितिको संयोजकको विषयको संसदीय उच्चस्तरीय संयन्त्रबाट टुङ्ग्याएर चाँडै अर्को बैठक बस्ने गरी आज उठेको बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com