हेटौँडा । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका क्षेत्रमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बकैया गाउँपालिका–११ घट्टेपाखा खण्डमा बुधबार बिहान ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर का अनुसार वीरगन्जबाट एरियल कम्पनीको सरफ बोकेर काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक बिहान करिब २:५० बजे दुर्घटनामा परेको हो। ट्रक सडकछेउमा रहेको स्थानीय ओमान सिंह तितुङको खाली घरमा ठोक्किँदै करिब १५० मिटर तल खोल्सामा खसेको बताइएको छ।
दुर्घटनामा ट्रक चालक ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको हेटौडा अस्पताल मा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com