info@nawayug.com

दाेहाेराे अङ्कले घट्याे शेयर बजार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव २९ अङ्कले घटेर २ हजार ६२७ दशमलव ११ विन्दुमा झरेको छ ।

आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २३९ वटा कम्पनीको शेयर घटेकोमा ३४ वटाको बढेको छ । यस्तै ४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज थ्री स्टार हाइड्रोपावरको शेयर १३ दशमलव ७९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगड हाइड्रो, कलङ्गा हाइड्रोको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीका ७५ लाख ४० हजार कित्ता शेयर ३ अर्ब ५५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया