कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटामा कार्यरत पाल्पाको रिब्दीकोट गाउँपालिका –७ फेक स्थायी ठेगाना भई हाल शिवराज–३ मदवामा बस्दै आएका ३२ वर्षीय लेखु थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ९ः३० बजे खरेन्द्रपुरस्थित एक घरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उहाँलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।
उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
३१ बैशाख २०८३, बिहिबार ०३:१७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com