info@nawayug.com

सुनचाँदीको भाउ आज सामान्य घट्यो

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । 

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो । शुक्रबार सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६१५ रुपैयाँ रहेको थियो ।

 

प्रतिक्रिया