काठमाण्डौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ ।
सर्वोच्च अदालतका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको बिवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
न्यायाधीशहरू शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गएको वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियोे ।
८ साउन २०८३, शुक्रबार ११:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com