info@nawayug.com

नेपालमा पनि मनाइँदै पानीमा डुबेर हुने घटना रोकथाम दिवस

काठमाण्डौं । आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात् ‘वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे’ मनाईंदैछ ।

दिवसको अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम भैरहेका छन् । खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ्दै गएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष तीन लाखभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन् ।

सङ्गठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ ।

समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालयस्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्ना वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव छ ।

प्रतिक्रिया