info@nawayug.com

तराईमा बढ्यो अत्यधिक गर्मी : तापक्रम ३७ डिग्री सेल्सियस नाघ्यो

काठमाण्डौं । देशभर तापक्रम बढ्दै गएको छ । विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सबैभन्दा धेरै तापक्रम कैलालीको धनगढीमा ३७ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । यस्तै नेपालगञ्जमा ३६ दशमलव ७, भैरहवामा ३४ दशमलव ८, विराटनगरमा ३३ डिग्री तापक्रम मापन भएको छ ।

पछिल्ला केही दिनयता नेपालगञ्ज, धनगढी, भैरहवा, टीकापुर, अत्तरिया र महेन्द्रनगरलगायत पश्चिम तराईका ठाउँहरूमा तापक्रम लगातार बढिरहेको छ ।

पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढिरहेको हो । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आगामी केही दिन अझै गर्मी बढ्ने अनुमान छ ।

सर्वसाधारणलाई दिउँसो ११ बजेदेखि ४ बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाको अनुरोध छ । साथै प्रशस्त पानी र झोलिलो पदार्थ खान तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूको आग्रह छ ।

तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान छ ।

 

प्रतिक्रिया