काठमाडौँ । शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अदालत उपस्थित नहुने भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली म्याद थपका लागि सरकारी वकिलको कार्यालय उपस्थित नहुने भएका हुन् ।
स्वास्थ्यको ख्याल गर्दै उनलाई भर्चुअल हाजिर गराउने तयारी भएको छ ।
शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई भने म्याद थपको लागि सरकारी वकिल कार्यालयमा हुँदै अदालतमा उपस्थित गराइएको छ ।
१५ चैत २०८२, आईतबार १२:२४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com