info@nawayug.com

सुनसरी घटनाबारे प्रचण्ड – ‘गोली चलाउनुपर्ने अवस्था थियो ?’

काठमाण्डाै । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भूमिकालाई लिएर प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकलाई सम्बोधन गर्दै संयाेजक प्रचण्डले सुनसरी घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति थियो वा थिएन भन्नेबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले भन्नुभयाे, ‘सुनसरीमा गोली चलाउनैपर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य विकल्पहरूमा के कति पहल गरियो, यि सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्दछु ।’

सम्बोधनका क्रममा प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थितप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । चुनावकाे समयमा नागरिकसमक्ष गरिएका प्रतिबद्धता र प्रकट भएको जनअभिमतअनुसार सरकारका क्रियाकलापहरू अघि बढ्न नसकेको उहाँले टिप्पणी गर्नुभयाे ।

सदनमा हुने तर्क–वितर्क र फरक मत स्वाभाविक भए पनि सरकारले नागरिकको बढ्दो असन्तुष्टि र जटिल बन्दै गएको राजनीतिक अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया