info@nawayug.com

देवानगञ्ज घटना : काेशी प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख दिने

काठमाण्डाै । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख तथा घर–पसलमा क्षति पुगेका र घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेकाे हाे ।

सर्वदलीय बैठकले ८ बुँदे निर्णय गर्दै सबैलाई संयम अपनाउन, सद्भाव कायम राख्न अपील गरेको छ । सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया