काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
उनले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने उल्लेख गरे । सभापति थापाले सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही अर्थ नरहेको बताए ।
उनले सेवा भाव र नागरिकको अधिकारका लागि गरिने राजनीति अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता शीर्ष नेताहरूले पद र सत्ताका लागि सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको उनले स्मरण गरे ।
२३ साउन २०८३, शनिवार ०३:२७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com