मकवानपुर । चौघडा ६ कालीपोखरीमा मंगलवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शुरु भएको छ ।
नगरवासीहरुको सुख, शान्ति , समृद्धिको कामनाका साथ सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
सप्ताह ज्ञान महायज्ञको बागमती प्रदेश सभा सदस्य माननीय एकालाल श्रेष्ठले उदघाटन गर्नु भएको थियो ।
धर्म र संस्कृतिको माध्यमबाट समाज र देशको विकास गर्न सकिनेमा जोड दिदै वहाले सबैको सामुहिक प्रयासबाट मात्रै समाजको विकास गर्न सकिनेमा वहाको जोड थियोे ।
डोलेश्वर महादेव पाथीभरा महाकाली रक्तदन्तिका दिब्यशक्ती धाम समितिकी अध्यक्ष शोभा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा- ६ का कावा अध्यक्ष विजय पौडेल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, नौलो बिहानी कृषि सहकारी अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, मानव सेवा आश्रमका केन्द्रीय संयोजक टीका तिमल्सिना, महिला जागरण समूह,हेटौडा- ६ की अध्यक्ष भगवती पौडेल, रानी सामुदायिक वनका सदस्य पूर्णभद्र चौलागाई, आयोजक समितिका उपाध्यक्ष तारानाथ खतिवडा, सञ्चारकर्मी , स्थानीय लगायतको सहभागीता थियोे ।
सप्ताह ज्ञान महायज्ञ बैशाख ३० गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com